Monday, March 31, 2025
घरसमाचारपुरुष टिमको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा

पुरुष टिमको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा

१२ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ । क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै अव छिट्टै प्रशिक्षक नियुक्त हुने जनाएको हो ।

मोन्टी देशाईको कार्यकाल सकिएपछि रिक्त रहेको प्रशिक्षक पदका लागि ७० जनाको आवेदन परेको र तीमध्ये १० जना शर्ट लिस्ट गरेर अन्तरवार्ताको अन्तिम चरणमा रहेको क्यानले जनाएको छ ।

अब अन्तर्वार्ताको काम सकाएर यथाशीघ्र प्रशिक्षक नियुक्त गरिने जनाएको हो । नेपाली क्रिकेट टिमको विभिन्न अन्तर्राष्ट्रिय शृंखला नजिकिँदा अब प्रशिक्षकको आगमनपछि तयारी सुरु हुनेछ ।

नेपाली टोलीले टी-२०आई शृंखलादेखि विश्वकप छनोट र लिग २ का खेलहरू खेल्ने तय छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -