[ndu_today_date]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

साबा क्लब च्याम्पियनसिप बास्केटबल हुने, नेपालबाट टाइम्सले खेल्ने

१२ चैत, काठमाडौं । पहिलो साबा क्लब च्याम्पियनसिप बास्केटबल हुने भएको छ । बास्केटबल फेडेरेसन अफ इन्डिया र तमिलनाडु बास्केटबल फेडेरेसनको संयुक्त बयोजनामा साबा क्लब च्याम्पियनसिप पहिलो पटक आगामी अप्रिल २ देखि २ सम्म चेन्नाईमा हुन लागेको हो ।

प्रतियोगिताको खेलहरु जवारलाल नेहरु इन्डोर स्टेडियममा हुनेछ ।

यस प्रतियोगितामा दक्षिण एसियाका बंगलादेश बाहेक ६ वटा राष्ट्रका एक-एक क्लबले सहभागिता जनाउनेछन् । नेपालबाट टाइम्स बास्केटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

सहभागि टोलीहरुबीच सिंगाल राउण्ड रोविनका आधारमा खेलहरु हुने बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ ।

यस प्रतियोगिताको विजेताले आगामी मे मा हुने फिफा डब्लुएएसएल फाइनल मा खेल्न पाउने पनि बास्केटबल फेडेरेसन अफ इन्डियाले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्