Friday, March 28, 2025
घरक्राइम चेक‘कुलमानको कब्जामा रहेको ऊर्जा क्षेत्रमा भएको क्षति पूरा गर्न नेपाललाई कम्तीमा दुई...

‘कुलमानको कब्जामा रहेको ऊर्जा क्षेत्रमा भएको क्षति पूरा गर्न नेपाललाई कम्तीमा दुई दशक लाग्छ’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध शिवबालक गिरीले संस्था र ऊर्जा क्षेत्रमा वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अपूरणीय क्षति पुऱ्याएको बताएका छन्। उनले सामाजिक सञ्जाल (फेसबुक) मा आफ्नो धारणा राख्दै उक्त कुरा उल्लेख गरेका हुन्।

गिरीले लेखेका छन्– “सरकारको काम ठीक छ भनेको होइन, प्राधिकरण जतिसुकै फाइदामा किन नहोस्, ऊर्जा मन्त्रालय माओवादीको कब्जामा र विद्युत् प्राधिकरण कुलमानजीको नियन्त्रणमा रहेको बेला देशको ऊर्जा क्षेत्रमा भएको क्षति पूर्ति गर्न नेपाललाई कम्तीमा दुई दशक लाग्छ। यो मेरो आफ्नै अनुमान हो। बाँकी राम जाने, सबैको जय होस्।”

शिवबालक गिरी प्राधिकरणको १०औँ तहबाट करिब एक दशक अगाडि अवकाश भएका थिए। उनी प्राधिकरण र समग्र ऊर्जा क्षेत्रमा देखिएका समस्या र बेथितिबारे निरन्तर आवाज उठाउँदै आएका छन्। मंगलबार पनि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भने, “कुलमानजीले ८ वर्षमा एउटा पनि जलाशययुक्त आयोजना बनाउन सक्नुभएन। जब कि हरेक इन्जिनियरलाई थाहा छ, प्रणालीमा कम्तीमा १०–१५ प्रतिशत बिजुली जलाशयबाट आउनुपर्छ।”

उनले घिसिङ दिगो जलविद्युत् विकासतर्फ भन्दा पनि आर्थिक फाइदातर्फ केन्द्रित भएको आरोप लगाए। माओवादी पार्टी सरकारमा रहँदासम्म आफू मात्र प्राधिकरणमा रहने सोच राखेकै कारण ऊर्जा क्षेत्रमा हाल देखिएको अवस्था सिर्जना भएको उनको दाबी छ। उनले थपे, “८ वर्षमा एउटा जलाशय आयोजना विकास गर्न सकेको भए घिसिङको सधैँ जय हुन्थ्यो। तर, तुइन काटेर नेपालीलाई महाकालीमा खसाल्ने भारतले सधैँभर बिजुली दिन्छ भनेर विश्वास गरेर जलाशय आयोजना नबनाउनु मूर्खता हो।”

उनले निजी क्षेत्रसँग कमिसन लिँदै नदी प्रवाही आयोजना विकासमा जोड दिएको आरोप समेत लगाए। गिरीको धारणा अनुसार, बिजुली पर्याप्त उत्पादन भएपछि त्यसलाई पर्यटन, यातायात, कृषि, उद्योगलगायत क्षेत्रमा प्रयोग गर्नुपर्छ। भारतलाई निर्यात गर्नु भन्दा नेपालको जलस्रोतलाई स्वदेशकै विकासका लागि उपयोग गर्नु उचित हुने उनको भनाइ छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -