Friday, March 28, 2025
घरसमाचारनतिजा आउने गरी काम गर्न संस्कृति पर्यटन मन्त्रालयलाई समितिको  ध्यानाकर्षण 

नतिजा आउने गरी काम गर्न संस्कृति पर्यटन मन्त्रालयलाई समितिको  ध्यानाकर्षण 




चैत । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नतिजा आउने गरी काम गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

समितिको आजको बैठकले मन्त्रालयको कार्यप्रगती एवं आगामी योजना र रणनीतिका विषयमा छलफल गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जबाफदेहिता कायम गर्ने गरी काम गर्न र भइरहेका कामहरूलाई अझै प्रभावकारी बनाउन ध्यानाकर्षण गराएको हो ।

छलफलमा सांसदहरुले मन्त्रालयको पूँजीगत खर्च अत्यन्त न्यून भएको, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरणमार्फत भइरहेका काम र देखिएका समस्याका विषयमा मन्त्रालयसँग प्रश्न गर्नुभएको थियो । सांसदहरुले देशका विभिन्न भागमा निर्माण भएको विमानस्थल सञ्चालन, थप विमानस्थलको निर्माण, विमान स्थलको पूर्वाधार विकासमा लक्ष्य अनुरुप काम हुन नसकिरहेको लगायतका विषयमा प्रश्न उठाउनुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालय अन्तर्गत संस्कृति, पर्यटन र नागरिक उड्डयन जस्ता महत्वपूर्ण क्षेत्र रहेको भएपनि स्रोतको हिसाबले खुम्चिएकाले बजेट बढाउन आवश्यक रहेको बताउनुभयो । मन्त्री पाण्डेले बजेट निर्माण र कार्यान्वयनका योजनाका विषयमा मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतसँग छलफल गर्न समितिलाई आग्रह समेत गर्नुभयो । 

मन्त्री पाण्डेले नेपालको पर्यटन विकासका लागि हवाई जहाज थप्नुको विकल्प नरहेको भन्दै १० वटा वाइडवडी, १० वटा न्यारोवडी र १० वटा देशभित्र चल्ने हवाई जहाज विना आवश्यकता पुरा हुन नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले नेपाल आउने पर्यटकको नेपाली ध्वजावाहक विमान चढ्ने माग बढी रहेको जानकारी गराउँदै भाडामा हवाई जहाज लिने विषयमा समेत छलफल भइरहेको समितिमा बताउनुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -