Friday, March 28, 2025
घरसमाचारएकताबारे छलफल गर्न जनमत पार्टीले बोलायो राष्ट्रिय परिषद् बैठक

एकताबारे छलफल गर्न जनमत पार्टीले बोलायो राष्ट्रिय परिषद् बैठक

११ चैत, काठमाडौं । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँगको पार्टी एकता र अन्य विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक बोलाएको छ ।

बैठकमा दुई दलको एकता, संगठन छलफलका एजेण्डा रहेको प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए । जनमत र नाउपाको एकता सहमति नजिक पुगेको छ ।

दुई दलको एकतापछि नागरिक जनमत पार्टी नाम राख्ने, अध्यक्ष डा.सीके राउत, संरक्षक रेशम चौधरी, सह अध्यक्ष रञ्जिता श्रेष्ठ, चुनाव चिन्ह ढकिया हुने गरी दुई दलले छलफल गरेका छन् ।

पार्टी कार्यालय मध्य बानेश्वर नजिक सनराइज क्याफेमा शुक्रबार बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय परिषद् बैठकमा ७० जना भन्दा बढी सहभागी हुने प्रवक्ता यादवले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -