काठमाडौँ । सञ्चार माध्यमहरूले विश्वसनीयता बढाउने गरी सूचनाका सामग्रीहरु प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियनले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सञ्चार माध्यमहरूले नागरिकको रुचिका विषयमा ध्यान दिँदै सत्य तथ्य सूचना प्रवाह गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभयो ।
पछिल्लो समय सञ्चार माध्यमका सङ्ख्या बढ्दै जाँदा विषयवस्तुको गुणस्तरीयता घट्दै गएको टिप्पणी गर्दै मूलधारका सञ्चारमाध्यमहरू भिडको पछि लाग्न नहुने पनि उहाँहरूले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, समीरजंग शाह, विमला तुम्खेवा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल लगायतले प्रेस र लोकतन्त्रका चुनौतीका विषयमा धारणा राख्नुभयो ।
कार्यक्रममा पत्रकार जगत नेपालले बदलिँदो अर्थ राजनीतिमा प्रेस र लोकतन्त्रका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।