९ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि झापा एफसीले २६ वर्षीय मोन्टेनेग्रान गोलकिपर नेमान्जा लेमाजिचलाई अनुबन्ध गरेको छ। झापा एफसीले टोलीलाई बलियो बनाउने उद्देश्यसहित लेमाजिचलाई भित्र्याएको हो।
अनुभवी गोलकिपर लेमाजिचले विभिन्न युरोपियन क्लबहरूबाट खेलिसकेका छन्। उनको आगमनले झापा एफसीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
उनी झापाले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् । झापाले यसअघि उज्वेकिस्तानका मुहम्मद इसाएभ र अजामात अब्दुलेभ तथा सर्वियाका लाजार अर्सिकलाई अनुबन्ध गरिसकेको छ ।
लकेन लिम्बु मार्की प्लेअर रहेको झापाले प्रवेश कटुवालाई तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । झापाले डिफेण्डर छिरिङ लामालाई अक्सनअघि रिटेन गरेको थियो ।
यसैगरी अक्सनबाट झापाले क्याटेगोरी ए बाट आशिष गुरुङलाई अनुबन्ध गर्दा क्याटेगोरी बी बाट झापाले अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई अक्सनमा अनुबन्ध गरेको थियो ।
झापाले क्याटेगोरी सी बाट सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ । झापाले विदेशी कोटाबाट प्रविन बस्नेतलाई अनुबन्ध गरिसकेको छ ।
झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा एनएसएल खेल्दैछ । पहिलो सिजन पुर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो ।
दोस्रो सिजन झापासँगै स्पोर्टिङ इलाम थपिएपनि विराटनगर सिटीले भने खेलेन । तेस्रो सिजनमा इलामले नाम फिर्ता लिएपछि झापा मात्र पूर्वको क्लबको