Monday, March 24, 2025
घरसमाचारसरकारका कामकारबाहीमा निरन्तर खबरदारी  गर्नुपर्छ : महामन्त्री थापा

सरकारका कामकारबाहीमा निरन्तर खबरदारी  गर्नुपर्छ : महामन्त्री थापा




नवलपरासी  I नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारले गर्ने कामकारबाहीमा काङ्ग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

नागरिक असन्तुष्ट हुने काम सरकारले गर्न नहुने उहाँले बताउनुभयो। नेपाली काँग्रेस पश्चिम नवलपरासीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को भेलामा बोल्दै सरकारले गरेका धेरै राम्रा कामहरू एउटा नराम्रो कामले ओझेलमा पर्ने भएकाले सरकारको कामकारबाहीमा नेपाली काङ्ग्रेसले निरन्तर खबरदारी गर्नुपर्ने बताउनु भएको हो  । 

 “सरकारले सुधारका कामहरू धेरै गरेको छ । तर , कहिले काहीँ जनताले नचाहेको काममा हात हाल्न खोज्दा जनतामा निराशा बढ्ने रहेछ “थापाले भन्नुभयो” । 

“पार्टीका तर्फबाट मैले स्वयम् काँग्रेस सभापति र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै राखेर भनेको छु । अब हामीलाई जनता निराश बनाउने छुट छैन ” । 

 पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका महामन्त्री थापाले प्रदेश लाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न नसक्दा र अझै पनि केन्द्रिकरण मानसिकता भएकाले जनतामा प्रदेश संरचना प्रति असन्तुष्टि रहेको उल्लेख गर्नुभयो ।

सङ्घीयताको विषयमा प्रश्न गर्नु भन्दा पनि सङ्घीयतालाई कसरी मजबुत बनाउने तर्फ केन्द्र देखि स्थानीय तहसम्म बहस हुन आवश्यक रहेको महामन्त्री थापाले  बताउनुभयो । अहिले सम्म भएका उपलब्धिलाई घरमा बसेर केही सेकेण्ड सामाजिक सञ्जालमा आउने सामग्रीको भरमा भ्रम फैलाउने काम भइरहेकाले आफ्‌ना कार्यकर्ता र नेताले गाउँगाउँमा अहिले असल अभ्यासको विषयमा सर्वसाधारणलाई बुझाउन सक्नुपर्ने थापाको जिकिर थियो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले जिल्लामा पाटी भित्र देखिएको गुटिय अन्तरद्वन्दलाई मिलाएर पाटी एक बनाउनु पर्ने  बताउनु भयो । केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा १ का सांसद विनोद चौधरीले आफ्‌नो क्षेत्रमा विकास निमार्ण तथा नीतिगत रूपमा सुधार गर्नुपर्ने विषयमा तदारुकताको साथ काम गरिरहेको जिकिर गर्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -