Monday, March 24, 2025
घरसमाचारपरिस्थिति अनुरुप पार्टीमा एकजुट भएर काम गर्न महामन्त्री थापाकाे निर्देशन

परिस्थिति अनुरुप पार्टीमा एकजुट भएर काम गर्न महामन्त्री थापाकाे निर्देशन




रुपन्देही । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अहिलेको परिस्थितिमा नेपाली कांग्रेस र नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभएको छ । 

भैरहवामा नेता कार्यकर्तासँगको अनौपचारिक भेट घाटको क्रममा समय परिस्थिति अनुरुप पार्टीमा एकजुट भएर काम गर्न निर्देशन समेत दिनुभएको छ । 

महामन्त्री थापाले जनताले नेपाली काङ्ग्रेसबाट बढी अपेक्षा गरेको बताउँदै जनताका समस्या पिर मर्कामा सदैव रहन आग्रह गर्नुभयो । 

नेपाली कांग्रेस सबै भन्दा ठूलो सङ्गठन भएको र जनताको आसा र भरोसा रहेको बताउनुभयो । अहिले नेपाली जनताले देश बिकास नेपाली काङ्ग्रेसबाट नै हुने आसा र अपेक्षा गरेको उहाँको भनाइ थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -