Monday, March 24, 2025
घरसमाचारखो खो लिगमा ५ टिम, मार्की प्लेयर र प्रशिक्षक घोषणा

खो खो लिगमा ५ टिम, मार्की प्लेयर र प्रशिक्षक घोषणा

९ चैत, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको नेपाल खो खो लिग (ड्रिम खो खो) मा पाँच टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल खो खो संघले शुक्रबार टिम, मार्की प्लेअर र मुख्य प्रशिक्षकको नाम सार्वजनिक गरेको छ ।

पहिलो पटक भएको खो खो विश्वकपमा नेपाल उपविजेता भएपछि नेपालमा खोखो खेलको विकासका लागि ऐतिहासिक रुपमा लिग चरणको सुरुवात भएको संघले जनाएको छ ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकामा रहेको नेपालको पहिलो खोखो कभर्डहलमा नेपाल खोखो लिग (ड्रिम खो खो) यही चैत्र २३ देखि ३० गतेसम्म संचालन हुदैछ ।

पहिलो संस्करणमा डेली कन्स्ट्रक्सन राईनोज, न्याचर नेस्ट टाईगर्स, विकास प्रेमी ब्ल्याक बक, सुदूरपश्चिम किंग्स, कञ्चन गंडाहवा रोएल्सले प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षक र मार्की खेलाडी पनि छनोट गरिएको छ ।

डेली कन्स्ट्रक्सन राईनोजको प्रशिक्षकमा विक्कीराज महर्जन र मार्की खेलाडी राजन वल, न्याचर नेस्ट टाईगर्सको प्रशिक्षक खगेन्द्रबहादुर शाही र मार्की खेलाडी विकरालसिंह रत्गैया, बिकास प्रेाी ब्ल्याक बकको प्रशिक्षकमा श्याम बुढाथोकी र मार्की खेलाडीमा झलक वि क, सुदूरपश्चिम किंग्सको प्रशिक्षकमा नागराजु नाथ र मार्की खेलाडीमा हेमराज पनेरु तथा कञ्चन गंडाहवा रोएल्सको प्रशिक्षकमा राजकुमार थापा र मार्की खेलाडीमा भरत सारुमगर छनोट भएका छन् ।

पहिलो पटक संचालन हुन लागेको लिग ठाकुरबाबा नगरपालिका बर्दियाको मुख्य प्रवर्द्धकत्वमा नेपाल खोखो संघको आयोजना राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद लुम्बिनीको प्रवर्द्धन र लुम्बिनी प्रदेश खोखो संघको व्यवस्थापनमा संचालन हुदैछ ।

राष्ट्रियस्तरमै पहिलो पटक सञ्चालन हुने लागेको नेपाल खोखो लिग (ड्रिम खो खो) २०८१ मा ठाकुरबाबा नगरपालिका र सम्पूर्ण नगरवासी उत्साहपूर्वक सम्पन्न गर्न हौसिएको संघले जनाएको छ ।

नेपालमै सबैभन्दा बढी खोखो गतिविधि हुने तथा राम्रा खेलाडी भएकाले पनि सबैको साथ सहयोग र समर्थनबाट ऐतिहासिक लिग अगाडि बढिरहेको उल्लेख गर्दै न्यून लगानीमा विश्वकप उपविजेता बनेको खोखो खेल लिग खेल पनि सफलता पूर्वक सम्पन्न गरी खेलकुदमा नयाँ आयाम थप्न सफल हुने आयोजकको विश्वास छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -