Sunday, March 23, 2025
घरसमाचारदेहरादुनमा इण्डो-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला एवं पर्यटन महोत्सव सुरु 

देहरादुनमा इण्डो-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला एवं पर्यटन महोत्सव सुरु 




देहरादुन । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भारत-नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला एवं पर्यटन महोत्सव-२०२५ उत्तराखण्डको राजधानी देहरादुनमा सुरु भएको छ । मार्च २१ देखि २७ (चैत्र ८–१४) सम्म चल्ने यस मेलाले नेपाल-भारत व्यापार, पर्यटन, संस्कृति तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ ।

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कञ्चनपुर उद्योग वाणिज्य सङ्घले समान रूपमा डेढ-डेढ करोड रुपैयाँको लगानीमा सञ्चालन गरेको यस मेलामा नेपाल र भारतका एक सयभन्दा बढी व्यापारिक तथा प्रवर्द्धनात्मक स्टलहरू राखिएका छन् । नेपाली हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनहरू, परम्परागत कपडा, कृषि उत्पादन तथा स्थानीय परिकारहरू मेलाको प्रमुख आकर्षण बनेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीका अनुसार यो मेला नेपाल-भारत व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक अवसर हो । मेलामा भारतीय उत्पादनहरू पनि प्रदर्शनमा राखिएका छन्, जसले भारतीय ग्राहकहरूलाई नेपाली उत्पादनहरूप्रति आकर्षित गराएको छ । नेपाली मूलका भारतीय नागरिकहरूले पनि मेलामा विशेष चासो देखाएका छन् ।

व्यापारिक गतिविधिसँगै मेलाले नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिँदै छन्, जसले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई झल्काउँछ । व्यापारिक, पर्यटकीय र सांस्कृतिक सम्बन्धलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त मेला नेपाल-भारत साझेदारीको महत्वपूर्ण मञ्च बनेको छ । आयोजकहरूका अनुसार मेलाले दुवै देशका व्यवसायीहरूलाई नयाँ अवसरहरू प्रदान गर्ने विश्वास गरिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -