काठमाडौं । नेपाल पत्रकार मञ्चका उपलब्ध पदाधिकारीहरुको उपस्थितिमा नेपाल पत्रकार मञ्चको पाँचौ महाधिवेशन यसै बर्षको चैत्र महिनाभित्र काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।
उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति तय गरिएको छ भने महाधिवेशनको व्यवस्थापन गर्न रमेशप्रसाद घिमिरेलाई संयोजक तोकिएको छ । यस्तै, रोयल आचार्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति तोकिएको छ भने देव कुँवर, राजेन्द्र प्रजापति तथा जेन श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ ।
महाधिवेशनमा पुरस्कार तथा सम्मान व्यवस्थापनका लागि महासचिव विमल थापाको संयोजकत्वमा सचिव मनुका कुँवर, सदस्यहरु केशवराज पुरुष, कुमार भण्डारी रहेको समिति गठन गरिएको छ ।
सोही महाविधेशनमा सदस्य राजेन्द्र प्रजापतिका स्वर्गीय पिता श्री गणेशबहादुर प्रजापतिको स्मृतिमा एकजना क्रियाशील पत्रकारका लागि गणेशबहादुर प्रजापति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय समेत गरिएको छ ।