Saturday, March 22, 2025
घरक्राइम चेकमलाई ! जनता बनाउने व्यवस्था चाहिन्छ

मलाई ! जनता बनाउने व्यवस्था चाहिन्छ

-प्रशान्त महासागर
पटक पटक व्यवस्थामाथि व्यवहारले गर्ने बलात्कार लोकतान्त्रिक गणतन्त्र भन्ने परिभाषामा परिभाषित हुँदै गएको छ । कार्यकर्ता रिझाउने अनि त्यसबाटै मुनाफा कमाउने व्यवसाय राजनीति बन्दै गएको छ । हिजो राजाले खोसिएको जनताको शक्ति भनिएको आज स्वतन्त्र हुन पुग्दा अपराधमा रुपान्तरित बनेको छ । सपनाको महलभित्र कंकाल रुपि जनता बनेको छ । न उसको अधिकार उसले पाए न त दिए नै ।  समय सापेक्षिक रुपान्तरण भएका विचारहरुलाई व्याख्यामा बुनेका छन् उनेका छन् मानौं मृत्युपछी कोहि माल्यार्पणमा समर्पित देखिए झै जसको औचित्य व्यवस्था अनुरुप छैन् ।
कसैले सुन तस्कर गरिरहेको देख्दा नि आफु नून चोर्न तत्पर भए झै मानवीय विचार गणतन्त्रमा सल्बल्याएको छ । भाषा र त्यसको अर्थ आफु अनुरुप परिचालन गरि मातृत्वको बलात्कार आवधिक रुपमा भई रहेको छ । आज हामी यसलाई गणतन्त्र मान्दै मुस्कुराई रहेका छौं ।
मानव बेचविखन, तस्कर राजलाई गणतन्त्र भन्दै हिडेका छौं । स्विस बैंकमा पैसा जम्मा गर्ने व्यवस्था गणतन्त्र बन्दा नि हामी मौन नै छौं ।
दिनहुँ जनता बेच्ने विचारलाई पनि गणतन्त्र नै मान्दै आएका छौं । शिक्षा स्वास्थ्य लगायत अन्य न्युनतम भौतिक सुबिधा पनि किन्न बाध्य बनाएको व्यवस्था पनि गणतन्त्रको रुप देखा परेका छ । आम जनता यो देशको ग्राहक भन्दा उपजको कुनै केही बनेनन्, के गणतन्त्र यस्तैको लागि हो ? नेतालाई राजा झै सुखसुविधा एवम् सुरक्षा दिई पाल्नै पर्ने व्यवस्था, गणतन्त्र हो ? आखिर गणतन्त्र यस्तो किन बने ?  
राष्ट्रको चौठो अंग भनिएको सञ्चार क्षेत्र मोलतोल लिलाम  छन् । भ्रष्टाचारको गुणगान गाउनमा ती अंग सलबल छ्न् ।  किन गणतन्त्रभित्र न्याय, कार्य अनि व्यवस्थापिका बिक्दो छ ? किन ? आखिर गणतन्त्रको मर्म बेच्ने र अपराधले किन्ने, मन्त्र किन बने ? जनतालाई, जनता बनाउन किन सकेनन् ? रैती भन्दा नि मुल्यहीन बस्तुको रुपमा आम जनमानस किन बनाए ?
वर्ग संघर्षको कुरा पस्केर, भोकै अस्तित्व मास्ने व्यवस्था गणतन्त्र बन्दै गएको छ ।
मलाई ! जनता बनाउने व्यवस्था चाहियो ।
रैती बनाए…भन्नेहरूले
मलाई ! बस्तु बनाई दिए ।
किन्न अत्तर
मलाई ! बेची रहे ।
म बिक्दै गएँ
जलवायु नैसर्गिक अधिकार किन्दै
लिलाम हुँदै गएँ ।
हुन त
मेरो भोक ठूलो थिएन्
मसँग प्यासहरु भर्ने, भाँडो पनि थिएन्
यदाकदा
केही घाउहरु
तिनीहरूकै नून मलमले बल्झेको छ
ठूलो बनेको छ
बनाई दिएको छ ।
रैती बनाए….भन्नेहरुले
मलाई ! बस्तु बनाई दिए ।
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -