Saturday, March 29, 2025
घरसमाचारचैत्र ९ गतेबाट राजर्षि जनक टि–२० क्रिकेट प्रतियोगिता हुने

चैत्र ९ गतेबाट राजर्षि जनक टि–२० क्रिकेट प्रतियोगिता हुने




जनकपुरधाम । युवाहरूलाई लागु पदार्थको बढ्दो प्रभावबाट जोगाउन तथा शारीरिक एवं मानसिक विकासका लागि जनकपुरधाममा राजर्षि जनक क्याम्पस टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

oplus_2

राजर्षि जनक क्याम्पसको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजन एवं जनकपुर पेस फाउण्डेशनको सहयोगमा प्रतियोगिता हुन लागेको जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । खेलहरू सबै जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा चैत्र ९ गतेबाट हुने छन् ।

लीग फरमेटमा हुने सो प्रतियोगितामा जनकपुरधामको राजर्षि जनक, गुगल प्रसाद बसहीया, राराव क्याम्पस, जनकपुर कम्युनिटी कलेज, मिट क्याम्पस तथा मोनाष्टिक कलेजका विद्यार्थीहरू सहभागी हुने नेपाल क्रिकेट संघ धनुषाका जिल्ला सचिव आशिष झाले जानकारी दिनुभयो ।

oplus_2

१३ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीहरू भाग लिएर खेल्न पाउने छन् । 

करिब ९ लाख खर्च हुने प्रतियोगितामा विजयी हुने टिमलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने भएको आयोजकले जनाएको छ । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -