काठमाडौं : २० करोडभन्दा बढी रकमसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित सोमबार राति एकजनालाई पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको बताए। उनका अनुसार ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ,अमेरिकी डलर,युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको हो।
पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन।
साभार : अन्नपूर्ण पोस्ट