Sunday, March 9, 2025
घरसमाचारसाउथह्‍याम्पटनमाथि लिभरपुलको सहज पुनरागमन जित

साउथह्‍याम्पटनमाथि लिभरपुलको सहज पुनरागमन जित

२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज पुनरागमन जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथह्‍याम्पटनलाई ३-१ गोलअन्तरले हराएको हो ।

पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा ३ गोल फर्काएको हो । लिभरपुलको जितमा मोहमद सालाहले २ तथा डार्विन नुनेजले १ गोल गरे । साउथह्‍याम्पटनका लागि विल स्मलबोनले १ गोल गरे ।

खेलको पहिलो हाफको इन्जुरी समयमा स्मलबोनले गोल गर्दै साउथह्‍याम्पटनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेपनि लिभरपुलले दोस्रो हाफमा पुनरागमन गरेको हो ।

५१औं मिनेटमा नुनेजले गोल गर्दै खेल बराबरिमा ल्याए । ५४औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ८८औं मिनेटमा सालाहले फेरि पेनाल्टीमा गोल गर्दै लिभरपुलको ३-१ को जित पक्का गरे ।

जितसँगै शीर्षस्थानको लिभरपुलको २९ खेलबाट ७० अंक भएको छ । पराजित साउथह्‍याम्पटन ९ अंकसहित पुछारमा छ ।

शनिबारका अन्य खेलमा ब्राइटनले फुलहामलाई २-१ ले हराउँदा क्रिस्टल प्यालेसले इप्सविचलाई १-० ले हरायो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -