२०८२ बैशाख ७ गते, आईतवार ००:५४

२३ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गर्ने तयारी गरेको छ ।

२४ गते शनिबार एक कार्यक्रम गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गर्न लागेको हो ।

क्यालेण्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू समावेश रहन्छ भने उक्त प्रतियोगिताको मिति पनि तोकिएको हुन्छ ।

यसअघि क्यानले गतवर्षको पुसमा वार्षिक क्यालेण्डर सार्वजनिक गरेको थियो ।

क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने तयारी गरिरहेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्