Tuesday, March 4, 2025
घरसमाचारओली अनुशासित विद्रोहको प्रतिनिधि पात्र हुन् : शंकर पोखरेल

ओली अनुशासित विद्रोहको प्रतिनिधि पात्र हुन् : शंकर पोखरेल

१९ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली अनुशासित विद्रोहको प्रतिनिधि पात्र भएको टिप्पणी गरेका छन् ।

सोमबार आयोजित ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ नाम पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘समाजलाई बदल्नु छ भने विद्रोह त गर्नैपर्छ । तर अनुशासित विद्रोहको प्रतिनिधि पात्र हो भन्ने म ठान्दछु । लामो समय उहाँ आन्दोलनभित्र फरक मतमा रहनुभयो तर पार्टीका सीमाहरुलाई कहिल्यै उल्लंघन गर्नुभएन,’ पोखरेलले भने ।

प्रधानमन्त्री ओली आन्दोलनभित्र फरक मत लिएर लामो समय रहेको भएपनि पार्टीका सीमाहरुलाई कहिल्यै उल्लंघन नगरेको पात्राका रुपमा चित्रण गरे ।

प्रधानमन्त्री ओलीमाथि किन घेराबन्दी भइरहेको छ भन्नेकुराको विमर्श गर्न जरुरी रहेको उनको भनाइ थियो ।

‘दिशा बदल्न चाहनेहरु, विद्रोह गर्न चाहनेहरूले सिक्नैपर्ने पाठ भनेको उल्लंघन गर्नु हुँदैन । सीमामा रहेर अघि बढ्यो भने उपलब्धि हाँसिल हुनसक्छ । सीमालाई उल्लंघन गर्नेहरू असफल भएर जान्छन् भन्नेकुरा केपी ओलीको जीवन संघर्षबाट सिक्नुपर्ने पाठ हो,’ पोखरेलले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -