Tuesday, March 4, 2025
घरक्राइम चेकप्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : असफल भएपछि कुन नैतिकताले पदमा बसिरहनुहुन्छ?

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : असफल भएपछि कुन नैतिकताले पदमा बसिरहनुहुन्छ?

राधेश्याम साह

काठमाडौं, फागुन १९ – आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूर्ण रूपमा असफल भइसकेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै साहले सरकारकै मूल्यांकन रिपोर्टमा प्रधानमन्त्री स्वयं फेल भएको उल्लेख गर्दै प्रश्न गरे, “आफैं फेल भएपछि कुन नैतिकताले पदमा बसिरहनुहुन्छ?”

उनले प्रधानमन्त्रीसहित १२ मन्त्रीको कार्यसम्पादन ३५ प्रतिशतभन्दा कम आएको भन्दै सरकार असफल भएको दाबी गरे। अर्थतन्त्र, सुशासन, विकास र कूटनीतिमा सरकार पूर्ण रूपमा कमजोर भएको उनले बताए।

सांसद किनबेचको आरोप, सरकारले जवाफ दिनुपर्छ

साहले सरकार अध्यादेश पारित गराउन सांसद किनबेचमा लागेको आरोप सत्ता पक्षबाटै उठेको भन्दै छानबिनको माग गरे। “यदि आरोप झूटो हो भने सरकार स्पष्टिकरण देओस्,” उनले भने।

उनले भारत, चीन र अमेरिकासँगको सम्बन्ध समेत कमजोर पारिएको आरोप लगाउँदै सरकारको अपरिपक्वताले देशलाई घाटा बेहोर्नु परेको टिप्पणी गरे।

“देश दलतन्त्रको दलदलमा फसेको छ,” भन्दै साहले जनतालाई अब सडकमा आउनुपर्ने बेला आएको बताए। सत्ता गठबन्धनमा रहेको कांग्रेसले ओलीलाई काँधमा बोकेर हिँड्न नहुने चेतावनी पनि दिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -