Tuesday, March 4, 2025
घरसमाचारसनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी, विशाल उत्कृष्ट गोलकिपर

सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी, विशाल उत्कृष्ट गोलकिपर

१९ फागुन, काठमाडौं । काठमाडौंमा सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्र एफसीका डिफेन्डर सनिश श्रेष्ठ घोषित भएका छन् ।

केपी ओली कपको विजेता टोली मछिन्द्रका सनिश मोस्ट भ्यालुएबल प्लेयर घोषित हुँदै एक लाख नगद पुरस्कार प्राप्त गरे । नगदसँगै उनले मोटरसाइकल पनि प्राप्त गरेका छन् ।

त्यस्तै मछिन्द्रकै गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे । उनलाई उत्कृष्ट गोलकिपरको अवार्ड प्रमुख अतिथि तथा इटालीका लेजेण्डरी गोलकिपर जियानलुइजी बुफोनले प्रदान गरेका थिए ।

विशाल श्रेष्ठलाई उत्कृष्ट गोलकिपरको अवार्ड दिँदै जियानलुजी बुफोन

उदीयमान खेलाडीमा त्रिभुवन आर्मीका निराजन धामी घोषित भए भने प्रतियोगिताको सर्वाधिक गोलकर्ता मछिन्द्रकै स्टेफेन जामाह जालेले जिते । दुवैले नगद ५० हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

सोमबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराउँदै मछिन्द्रले लगातार तेस्रोपटक केपी ओली कपको उपाधि जितेको छ ।

सर्वोत्कृष्ट खेलाडी घोषित भएका सनिश श्रेष्ठ
उदीयमान खेलाडी घोषित भएका निराजन धामी

तस्वीरहरू : विकास श्रेष्ठ

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -