Monday, March 3, 2025
घरसमाचारकाठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग कृषि मन्त्री अधिकारीको आग्रह

काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग कृषि मन्त्री अधिकारीको आग्रह




काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकार सँग आग्रह गर्नुभएको छ । 

नेपालका लागि जापानका राजदूत मायडा तोरु सँग सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपालले दुग्ध क्षेत्रको विकासमा धेरै प्रगति गरे पनि प्रशोधन केन्द्रको आवश्यकता रहेको भन्दै सहयोगका लागि जापानी राजदूत समक्ष आग्रह गर्नुभएको हो ।

मन्त्री अधिकारीले जापानले नेपालको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग गर्दे आएको भन्दै आगामी दिनमा कृषिको आधुनिकीकरणका लागि पनि थप सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 

जापानले प्रविधिको प्रयोग मार्फत गरेको उत्पादन वृद्धि र यसले समग्र कृषिको क्षेत्रमा पुगेको उपलब्धी महत्वपूर्ण छ, कृषि क्षेत्रमा जापानले गर्दे आएको प्रयोग नेपालले पनि सिक्न जरुरी रहेकाले प्राविधिक ज्ञानका लागि सहकार्य गर्न सकिने मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । अहिले पनि जापानी स्वयंसेवकहरूले मन्त्रालय मातहतका विभिन्न कार्यलयहरु मार्फत सहयोग गरिरहेका छन्, यस मार्फत जापानमा प्रचलित कृषिको अभ्यास नेपालीले  सिक्ने मौका प्राप्त भएको छ, मन्त्री अधिकारीले भन्नुभयो ।  

नेपालले कृषिमा लगानी दशक घोषणा गरि लगानी भित्र्याउने नीति लिएको भन्दै मन्त्री अधिकारीले जापानी लागानीकर्ताहरुलाई पनि नेपालमा लगानीका लागि सहजीकरण गरिदिन राजदूत समक्ष आग्रह गर्नुभयो । आगामी वर्ष नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औ वर्ष पुग्ने उल्लेख गर्दे मन्त्री अधिकारीले यस अवसरमा समेत जापानको  निस्वार्थ सहयोगमा अझ वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

भेटवार्तामा जापानी राजदूत तोरुले नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै कृषिमा हाल जारी सहयोगलाई निरन्तरता दिँदै आगामी दिनमा सहयोगका थप सम्भावनाहरूको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जापानले कृषिको विकासमा उपकरणको  प्रयोगलाई महत्व दिएको उल्लेख गर्दे नेपालले  पनि कृषिमा आधुनिकीकरण गर्दे जानुपर्नेमा  उहाँले जोड दिनुभयो । नेपालको  चिया र हर्बल उत्पादनहरूको जापान राम्रो  बजार हुन सक्ने  भएकाले  यसको  निर्यातका लागि सहकार्य गर्न सकिने पनि राजदूत तोरुले उल्लेख गर्नुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -