Tuesday, March 4, 2025
घरसमाचारछ्याङ्ग आकाश, टलक्क हिमाल (तस्वीरहरू)

छ्याङ्ग आकाश, टलक्क हिमाल (तस्वीरहरू)

१९ फागुन, काठमाडौं । दुई दिनको हिउँदे वर्षापछि काठमाडौंको आकाश उघ्रिएको छ । उच्च पहाडी र हिमाली भेगमा हिउँ पनि परेको छ ।

पानी पर्दा प्रदूषण घटेकाले हिउँले ढाकिएका सेता हिमश्रृङ्खला छर्लङ्ग देखिएका छन् । हिउँदयाममा लामो समयसम्म हिउँ र पानी नपर्दा हिमालहरु काला देखिन्थे । तर गत शुक्रबार र शनिबार देशका अधिकांश स्थानमा पानी पर्‍यो भने बाक्लो हिमपात पनि भयो ।

हावामा धुलोयुक्त प्रदूषणको मात्रा पनि घट्यो । फागुन १ गते काठमाडौं विश्वका प्रदूषित सहरहरुको सूचीको दोस्रो स्थानमा थियो । तर आइतबार नेपाल यो सूचीको ३३ औं स्थानमा पुगेको थियो । यद्यपि आज फेरि नेपाल माथि उक्लिएर छैटौं स्थानमा छ ।

आइतबार आकाश खुल्दा कोशौं टाढाका हिमाल पनि काठमाडौं उपत्यकाबाटै स्पष्ट देखिएका थिए ।

सेताम्य हिमश्रृंखला नेपालका वैभव हुन् । यी पानीको स्रोतमात्र होइनन्, हाम्रो सुन्दर प्रकृतिको महत्वपूर्ण अंश पनि हुन् । त्यसैले हिमाल जोगाउनु पर्ने चुनौती छ ।

हेर्नुहोस् काठमाडौंको चन्द्रागिरि डाँडोबाट आइतबार देखिएका हिमश्रृङ्खला र काठमाडौं उपत्यकाको वस्ती –

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -