Thursday, February 27, 2025
घरसमाचारपाल्पामा जन्मिएका सारू बेलायत ननिटनको मेयरमा मनोनीत

पाल्पामा जन्मिएका सारू बेलायत ननिटनको मेयरमा मनोनीत




बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत हुनुभएको छ । 

गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जनाका काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत हुनुभएको हो । लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जनाका काउन्सिलर रहेको उक्त बरोमा ग्रीन पार्टीले पनि सारूलाई समर्थन गरेपछि उहाँ मेयरमा मनोनीत हुनुभएको हो । यहाँ यसअघि उपमेयर चुनिनुभएको थियो । अब  आउँदो मे १५ मा हुने औपचारिक समारोहमा उहाँले मेयर नियुक्त भई पदभार ग्रहण गर्नुहुनेछ ।

बेलायतको गोर्खा भर्तीको दुई सय वर्षभन्दा लामो इतिहासमा पूर्वगोर्खाकोतर्फबाट पहिलो मेयरका रूपमा ननिटनमा मनोनीत हुनु गर्वको कुरा भएको भन्दै उपमेयर सारूले भन्नुभयो, “औपचारिक रूपमा मेयरको शपथ मे मा हुन्छ । खुसीको क्षण हो बेलायतमा गर्खाहरूको योगदानलाई थप उचाइमा पुर्‍याउने अवसर मिलेको छ ।” काउन्सिल इतिहासमा उहाँ पहिलो गोर्खा मेयर बन्न लाग्नुभएको हो । सारू चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय हुनुहुन्छ । 

मेयर हुने पक्का भएपछि उहाँले भन्नुभयो, “नेपाली भएर पनि बेलायतमा राजपरिवारको तर्फबाट आफ्नो बरोमा प्रतिनिधित्व गर्न पाउँदा एकदमै भाग्यमानी ठानेको छु ।” झण्डै तीनदशक ब्रिटिस आर्मीमा सेवा गर्नुभएका मगर हाल ब्रिटिस गोर्खा भेट्रान्स एशोसिएसनका अध्यक्षसमेत हुनुहुन्छ । सारू, रोयल इञ्जिनियर्सको ग्यारिजन इञ्जिनियरका रूपमा सेवा निवृत्त हुनुभएको हो । 

बेलायतमा सन् २०१७ देखि सारू इम्ब्रोइडरी नामक व्यवसाय चलाइरहनुभएका सारू पाल्पामा जन्मिनुभएको हो । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -