Wednesday, February 26, 2025
घरसमाचाररियालिटी शो ‘कमेडी किड्स’ आउँदै, डिजिटल अडिसन खुला

रियालिटी शो ‘कमेडी किड्स’ आउँदै, डिजिटल अडिसन खुला

काठमाडौं । रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला गरिएको छ । बुधबार महाशिवरात्रिको दिनबाट डिजिटल अडिसन खुला गरिएको आयोजक रघुजी फिल्म्सले जनाएको छ ।

यसमा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाटस् एप, जिमेल अथवा भाइबरमा पठाउन सक्ने जनाइएको छ । भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ ।

सहभागीले एक्लै वा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन् । डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृष्ट छानेर शोको फम्र्याटअनुसार कार्यक्रममा अघि बढाइने निर्देशक सन्तोष खनालले बताए ।

भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिवार्य समावेश गर्नुपर्नेछ । भिडियो जिमेल comedykids.npl@gmail.com र नम्बर 9702091421 मा पठाउन सकिने जनाइएको छ।

बालबालिकाहरुलाई लक्षित गरेर ल्याउन लागिएको शोमा ४ देखि १४ वर्षसम्म उमेर समूहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए । सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भइसकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजकको भनाइ छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -