Wednesday, February 26, 2025
घरसमाचारकाठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

१४ फागुन, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयको आयोजनामा विहीबारदेखि राजधानीमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । १३ देशका प्रतिनिधिहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा छलफल हुने महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए । अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु ः पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । प्रविधिमा आधारित अपराधहरु बढ्दो क्रममा रहेको र त्यसले समाजमा चुनौती थपेकाले सम्बोधनका लागि सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता बडालले बताए ।

सम्मेलन प्रविधिमा आधारित भएर हुने यौन हिंसा र दुर्व्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरुका विषयमा केन्द्रित हुनेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञहरु, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीश सहभागी हुनेछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -