Tuesday, February 25, 2025
घरसमाचार‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

‘किसिङ’ विवादबीच उदितलाई जेठी पत्नीले हालिन् भरणपोषणको मुद्दा

काठमाडौं । पछिल्लो समय बलिउड गायक उदितनारायण झा एकपछि अर्को विवादमा तानिएका छन् । कन्सर्टको क्रममा युवती फ्यानलाई चुम्बन गरेपछि उनी केही साताअघि विवादमा मुछिए ।

उनी फेरि विवादमा तानिएका छन् । यसपटक भने, उनकी जेठी पत्नी रञ्जना झाले भरणपोषणको मुद्दा दायर गरेकी छन् । आफ्नो अधिकार हनन गरेको र सम्पत्ति हडपेको आरोप उनले लगाएकी छन् ।

यो मुद्दामा शुक्रबार उदितनारायण सुपौल फ्यामिली कोर्टमा उपस्थित भए । जहाँ उनले कुनै पनि सम्झौतामा सहमति गर्न अस्वीकार गरे ।

एनबीटीको खबरअनुसार, उदितले अदालतमा पूर्वपत्नी रन्जनाले अहिले पनि आफूबाट पैसा लिइरहेको आरोप लगाए । यसअघि रन्जनाले बिहार महिला आयोगमा पनि उजुरी दर्ता गराएकी थिइन् । दुबैजना यो मुद्दामा सम्झौता गर्न त्यहाँ पुगेका थिए ।

विवरणअनुसार, उदित रन्जनालाई प्रतिमहिना १५ हजार रुपैयाँ भरणपोषण खर्चबापत दिन्थे । सन् २०२१ मा यो रकमलाई बढाएर २१ हजार रुपैयाँ बनाइएको थियो । उदितले रन्जनालाई खेती गर्नको लागि एउटा खेत र एक घर दिएका थिए, जसको मूल्य १ करोड भारु भनिएको छ ।

बिहार महिला आयोगका अनुसार उदितले रन्जनालाई २५ लाख रुपैयाँको गहना र जमिन दिए । तर, रन्जनाले ती दुवै बेचिदिइन् । रन्जनाले आफ्नो वकिलमार्फत भनेकी छन् कि उनको बिग्रँदै गरेको स्वास्थ्यको कारण उनले बुढेसकालमा आफ्नो श्रीमान उदितनारायणसँगै बस्न चाहन्छिन् ।

उदित र रन्जनाले सन् १९८४ मा विवाह गरेका थिए । प्रख्यात भएपछि रन्जनालाई एक्लै छाडेको आरोप पनि उदितमाथि छ । रन्जनालाई पत्नी मान्न अस्वीकार गरेको आरोप पनि उनीमाथि छ । यस क्रममा रन्जना लगातार आफ्नो हकको लागि लड्दै आएकी छन् । सन् २००६ मा रन्जनाले महिला आयोगसँग मद्दत मागेकी थिइन् । सो क्रममा उदितले फ्ल्याट र सामाग्री दिने प्रतिबद्धता त जनाए तर पुरा गरेनन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -