काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सपछि बजारमा एआई रोबोटको प्रवेश भइसकेको छ । एप्पल तथा मेटाजस्ता दिग्गज अमेरिकी कम्पनीले यस क्षेत्रमा काम गर्ने तयारी गरिरहेको र इलोन मस्कलाई समेत आंशिक मात्रै सफलता प्राप्त भएको छ । तर, चीन भने एआई रोबोटको क्षेत्रमा विश्वका अन्य देशभन्दा निकै अगाडि बढिसकेको छ । चीनमा रोबोट पुलिस सडकमा खटिइसकेका छन्।
चीनको ग्वान्जाओ प्रान्तस्थित सेन्जेनमा एआई रोबोटहरु तीव्र रुपमा लोकप्रिय बनिरहेका छन् । सेन्जेनको नानशान जिल्लामा एउटा रोबोटले सार्वजनिक ठाउँमा प्रहरी अधिकारीको रुपमा काम गरिरहेको पिपुल्स डेलीले जनाएको छ । उक्त रोबोट चिनियाँ एआई डीपसीकको अत्याधुनिक लार्ज ल्याङ्ग्वेज मोडेलमा आधारित छ।
के छ यो रोबोटको विशेषता ?
यहीँ एआई प्रविधिको प्रयोग फूटियन जिल्लामा प्रशासनिक सरकार तथा सार्वजनिक सेवालाई राम्रो बनाउनका लागि गरिँदैछ । सोमबार यसको एउटा भिडियो पनि सार्वजनिक गरिएको छ जसमा १.३८ मिटर लामो मानवस्वरुप रोबोट (ह्युमानोइड रोबोट) लाई देखाइएको छ । उक्त रोबोटले पुलिस अधिकारीसँग हात मिलाउँदै तथा अन्य मानिसहरुतर्फ हात हल्लाउँदै गरेको देखिन्छ ।
चीनमा प्रयोग भईरहेको उक्त रोबोटलाई शेन्जेन इन्जिन एआई रोबोटिक प्रविधि कम्पनीले तयार पारेको हो । ग्लोबल टाइम्सका अनुसार कम्पनीका प्रवक्ताले यस्तो खालका तीनवटा रोबोट लन्च गरिएको बताएका छन् । पछिल्लो संस्करणको नाम एःण्ज्ञ हो, जसलाई वास्तविक दुनियाँमा काम गर्ने तरिकाले तयार पारिएको छ ।
यो रोबोट १.३८ मिटर अग्लो छ जसको वजन करीब ४० केजी छ । यो रोबोटमा २४ डिग्री अफ फ्रिडम फिचर रहेको छ । जसका कारणले गर्दा इसले प्रतिसेकेण्ड २ मिटरको गतिमा हिड्न सक्छ । यसको कम्मरमा ३ सय २० डिग्रीमा घुम्ने मोटर जोडिएको छ, जसले विभिन्न खालका चालमा यसलाई सहयोग गर्दछ ।
स्मरण रहोस् चीनमा रोबोटको प्रयोग भएको यो पहिलो पटक होइन । यसअघि पनि सेन्जेनमा रोबोटलाई घुमिरहेको देखिएको थियो, जसको भिडियो पनि भाइरल बनेको थियो । उक्त रोबोटलाई पनि सोही कम्पनीले बनाएको थियो, जसको नाम क्भ्ण्ज्ञ थियो । उक्त रोबोट १.७ मिटर लामो थियो ।
कम्पनीका अनुसार क्भ्ण्ज्ञ ले मानिसले जस्तै विभिन्न काम गर्न सक्छ । यसले स्क्वाट्स, पुसअप, स्पिनिंग, दौड जस्ता विभिन्न काम कार्य गर्नसक्छ । हालको समयमा विश्वमा विद्यमान अन्य रोबोटहरुमा मानिस जस्तै गरी हिड्ने चालको विकास गर्नु निकै जटिल विषयको रुपमा रहेको छ । तर चीनले यस क्षेत्रमा तीव्र गतिमा उपलब्धि हासिल गरिरहेको छ र प्रहरी अधिकारीको रुपमा रोबोटको प्रयोग गर्नु एउटा ठूलो उपलब्धि हो । एजेन्सीको सहयोगमा