Wednesday, February 12, 2025
घरसमाचाररुकुमपूर्वमा बज्यै–नातीको हत्या, आरोपित व्यक्ति पनि मृत भेटिए

रुकुमपूर्वमा बज्यै–नातीको हत्या, आरोपित व्यक्ति पनि मृत भेटिए

२९ माघ, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको हत्या भएकाे छ ।

हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति पनि मृत भेटिएका छन् ।

अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाका समीर बुढाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । उनीहरूको हत्यामा संलग्न रहेको आशंका गरिएका ५१ वर्षीय चन्द्रसिंह पुन पनि भूमे ४ को खुल्खुले खोलाको खोंचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेलले जानकारी दिए ।

ढाटी र समीरको हत्याको अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चन्द्रसिङ पुनको शव पनि फेला पारेको डिएसपी खरेलको भनाइ छ।

तीनैजनाको शवको मचुल्का उठाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिमबहादुर केसीले बताए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -