Wednesday, February 12, 2025
घरसमाचारआहरारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा

आहरारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा

२९ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।

पोखरा रंगशालमा मंगलबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले भारतको थण्डरबोल्ट्स नर्थ युनाइटेडलाई अन्तिम क्वाटरफाइनलमा पराजित गरेपछि सेमिफाइनल खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो । पहिलो पटक सहभागि भएको उज्वेकिस्तानी क्लबले सिक्किमको थण्डरबोल्टलाई ३-० ले सहजै हरायो ।

यसअघि नै नेपालको ए डिभिजन क्लबहरु नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र थ्री स्टारले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

अब पहिलो सेमिफाइनलमा बुधबार ६ पटकको च्याम्पियन पुलिस क्लब र ए डिभिजन लिग विजेता चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । गत वर्ष पनि यी दुई टोली क्वाटरफाइनलमा भेट भएका थिए । जहाँ चर्च ब्वाइजले पुलिसलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो । पुलिस भने २०७७ सालपछि पहिलो पटक सेमिफाइनल पुगेको हो । पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई हराएको थियो भने क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेको थियो । सिधै क्वाटरफाइनल खेलेको चर्च ब्वाइजले साविक विजेता त्रिभुवन आर्मी एफसीलाई हराएर सेमिफाइनल यात्रा तय गरेको हो ।

यस्तै अर्को सेमिफाइनलमा ५ पटकको च्याम्पियन थ्री स्टार र ब्ल्याक बुल्सबीच हुनेछ । थ्री स्टारले क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा हराएर सेमिफाइनलमा स्थान बनाएको हो । थ्री स्टार साविक उपविजेता पनि हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -