Wednesday, February 12, 2025
घरसमाचारमैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोली घोषणा

मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोली घोषणा

२९ माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोलीको घोषणा भएको छ ।

आउने शनिबार चीनको युनान युथ फुटबल टिमसँग नेपालको युवा टोलीले मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलमा लागि मंगलबार मुख्य प्रशिक्षक राजेश शाहीले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकोमा त्यसैबाट अन्तिम टोली घोषणा गरिएको हो । प्रारम्भिक चरणमा नेपाल यू२० राष्ट्रिय टिमका अधिकांश खेलाडीलाई समावेश गरिएको थियो । जसमा समिर तामाङ, प्रशान्त लक्षम लगायत खेलाडी पनि थिए । तर अहिले मोफसलमा नकआउट फुटबल प्रतियोगिताहरु भइरहेकोले धेरै खेलाडीहरु त्यसमा व्यस्त छन् । त्यसैले प्रशिक्षकले उपलब्ध भएका खेलाडीहरु समेटेर टिम तयार गरेका हुन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार दिउँसो २:३० बजेसुरु हुनेछ ।

चिनियाँ नयाँ वर्षको अवसरम एन्फाको आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

नेपाली टोली टोली :

गोलकिपर : जियारथ शेख, कृशल मोक्तान, विशाल केसी

डिफेण्डर : सेमान्त थापा, सविन घिमिरे, राम थापा, विशाल नेपाली, अश्विन घोरासैनी, विक्रम तामाङ

मिडफिल्डर : सरोज दार्लामी, लक्षु थापा, कृष्ण आले, ओमप्रकाश बम, सविन लुंगेली, आशिष राई, विक्रम गौतम, धर्मेन्द्र कुँवर

फरवार्ड : निराजन धामी, सुजन मगर, निरज कार्की, निरज चौधरी, श्यरब लो तामाङ, विज्ञान खड्का

 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -