Tuesday, February 11, 2025
घरसमाचारएन्ड्रोइड र आइओएसमा इनकग्निटो मोडको हिस्ट्री कसरी डिलिट गर्ने ?

एन्ड्रोइड र आइओएसमा इनकग्निटो मोडको हिस्ट्री कसरी डिलिट गर्ने ?

इन्टरनेट ब्राउजिङका बेला प्राइभेसी कायम राख्नु हरेक प्रयोगकर्ताका लागि महत्वपूर्ण हुन्छ । यही उद्देश्यले वेब ब्राउजरमा इनकग्निटो मोड वा प्राइभेट ब्राउजिङ मोडको सुविधा रहेको हुन्छ । वेब ब्राउजरमा इनकग्निटो मोडमा ब्राउज गर्दा ब्राउजर सर्च हिस्ट्री, कुकिज तथा ब्राउजिङ डेटा सेभ हुँदैनन् ।

यदि तपाईंले कुनै सार्वजनिक वा साझा डिभाइसमा इन्टरनेट चलाइरहनु भएको छ र आफ्नो अनलाइन गतिविधि गोप्य राख्न चाहनुहुन्छ भने त्यस्तो बेला इनकग्निटो मोड निकै उपयोगी हुन्छ ।

यद्यपि कतिपय मानिसहरुलाई के थाहा हुँदैन भने इनकग्निटो मोडमा ब्राउज गर्दा समेत केही डेटाहरु डिभाइस वा इन्टरनेट सेवा प्रदायक (आईएसपी) को सर्भरमा सेभ हुने गर्दछन् । त्यसैले यदि तपाईंले इनकग्निटो मोडको सर्च हिस्ट्रीलाई पूर्ण रुपमा डिलिट गर्न चाहुनुहुन्छ भने तपाईंले केही अतिरिक्त कदम चाल्नुपर्ने हुन्छ ।

इनकग्निटो सर्च हिस्ट्री कसरी डिलिट गर्ने ?

एन्ड्रोइडमा इनकग्निटो हिस्ट्री डिलिट गर्ने तरिका :

वास्तवमा इनकग्निटो मोडमा ब्राउजरले प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री सेभ गर्दैन । तर केही डेटाहरु DNS Cache वा Google Activity मा सेभ हुन सक्छन् । यसलाई हटाउनका लागि :

  • क्रोम ब्राउजर वा कुनै अन्य ब्राउजरमा Google My Activity खोल्नुहोस्
  • त्यसपछि Delete Activity by मा जानुहोस्
  • All time अप्सनलाई छान्नुहोस् र Delete बटन थिच्नुहोस्

अर्को तरिका चाहिं यस्तो छ :

  • फोनको Settings खोल्नुहोस्
  • Connections वा Wifi and Internet अप्सनमा जानुहोस्
  • Private DNS अप्सनमा ट्याप गर्नुहोस् र त्यसलाई Automatic बाट Off गर्नुहोस्
  • त्यसपछि फोनलाई restart गर्नुहोस्

तेस्रो तरिका यस्तो छ :

  • क्रोम खोल्नुहोस् र तीनवटा थोप्लावाला आइकनमा ट्याप गर्नुहोस्
  • त्यसपछि History खण्डमा गएर Clear browsing data अप्सन छान्नुहोस्
  • अन्तिममा Cookies, Cached Images & Files सबैलाई सेलेक्ट गर्नुहोस् र Clear Data अप्सनमा ट्याप गर्नुहोस्

आइफोनमा इनकग्निटो हिस्ट्री डिलिट गर्ने तरिका यस्तो छ :

  • Setting मा जानुहोस्
  • Safari मा ट्याप गर्नुहोस्
  • तल स्क्रोल गर्नुहोस् र Clear History and Website Data मा ट्याप गर्नुहोस्
  • त्यसपछि Confirm गरेसँगै सफारी ब्राउजरको ब्राउजिङ हिस्ट्री पूर्णरुपमा डिलिट हुनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -