Monday, February 10, 2025
घरसमाचारसत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै




काठमाडौँ I सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न पाँच बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाउनुभएको हो ।

बैठकमा सरकारले हालै जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्ने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सत्तारुढ दलहरूले सरकारलाई सफल बनाउने उद्देश्यले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित आठ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -