Wednesday, March 12, 2025
घरसमाचारजनकपुरको मुस्कान अस्पतालमा मुख्यमन्त्रीको अनुमगन

जनकपुरको मुस्कान अस्पतालमा मुख्यमन्त्रीको अनुमगन

२५ माघ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित मुस्कान अस्पताल अनुगमन गरेका छन् ।

पिडारीचोकमा रहेको उक्त अस्पतालले पित्तथैलीको शल्यक्रियामा गरेको लापरबाहीबारे अनलाइनखबरले शुक्रबार दिउँसो समाचार प्रकाशित गरेको थियो ।

लगत्तै मुख्यमन्त्री सिंह साँझ नै पुगेर अस्पतालको अनुगमन गरेका हुन् । मुख्यमन्त्रीमा अनुगमनमा पुग्दा दुईजना मात्रै स्वास्थ्यकर्मी थिए ।

उनीहरुले अस्पतालका अन्य कुराहरूबारे थाहा नभएको मुख्यमन्त्रीसमक्ष बताए ।

यता, मुख्यमन्त्री सिंहले आधा घण्टामा अस्पताल सञ्चालकलाई बोलाउन निर्देशन दिएका छन् ।

सैयद अलि सञ्चालक रहेको भनिएको यो अस्पताल मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत दर्ता भएको रेकर्ड छैन ।

उक्त अस्पताल दर्ता बिनै सञ्चालनमा छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -