१६ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी रश्मिकुमारी घिसिङ एन्फा महिला लिगकी सर्वाधिक गोलकर्ता बनेकी छिन् । उनले लिगभर कुल ३५ गोल गरिन् ।
एपीएफले बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाईई ४–० ले पराजित गर्दै अपराजित रहेर च्याम्पियन बनेको हो ।
रश्मिले नगद ५० हजार प्राप्त गरिन् । रश्मिले पहिलो चरणमा १८ र सुपर लिगमा १७ गोल गरेकी थिइन् ।
पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फर्म्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।