Friday, January 31, 2025
घरसमाचारकांग्रेस संसदीय दलको बैठक भोलि, छलफलको मुख्य एजेन्डा ‘अध्यादेश’

कांग्रेस संसदीय दलको बैठक भोलि, छलफलको मुख्य एजेन्डा ‘अध्यादेश’

१२ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । प्रमुख सचेतक घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ ।

सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।

आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याउनु भएको भन्दै कांग्रेस वृत्तबाटसमेत आलोचना भइरहेको छ ।

पार्टीका प्रभावशाली नेताहरूले समेत अध्यादेश ल्याउने सरकारको कदमलाई गलत भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला शनिबार पार्टीको शीर्ष नेतृत्वले मनत्रीहरूसँग छलफल गरेको थियो ।

छलफलमा सहभागी हुँदै सभापति शेरबहादुर देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन सबैलाई निर्देशनसमेत दिएका छन् । देउवाले दलको बैठक बस्नुपूर्वसन्ध्यामा ती असन्तुष्ट नेताहरूलाई समेत ध्यान दिएर सदनमा मात्र नभई बाहिरसमेत अध्यादेशको पक्षमा एकढिक्का भएर प्रस्तुत हुन शनिबार निर्देशन दिएका हुन् ।

अध्यादेशमाथि पार्टीभित्र असन्तुष्टि रहेको सचेतक घिमिरले जनाउ दिएका छन् । शनिबार सम्पन्न बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेका छन्, ‘सरकारले ल्याएका अध्यादेशबारे नेपाली कांग्रेसभित्र रहेका केही कुरा छन् भने संसदीय दलको बैठकमै तिनलाई प्रस्तुत गर्ने र बाहिर प्रस्ततु हुँदा एकढिक्का हुने भन्ने निर्णय आजको बैठकले गरेको छ ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -