Sunday, January 5, 2025
घरसमाचारसचिनलाई भएको थियो दुर्लभ भेन्ट्रिकुलर सिस्ट

सचिनलाई भएको थियो दुर्लभ भेन्ट्रिकुलर सिस्ट

काठमाडौं । बालगायक सचिन परियारको उपचारका क्रममा बिहीबार निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको बिहीबार बिहान १०:४५ मा निधन भएको हो ।

अस्पतालमा उपचारत चिकित्सकका अनुसार सचिनलाई जन्मजात भेन्ट्रिकुलर सिस्ट भएको थियो । दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसका लागि न्युरोसर्जरी समेत गरिएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग लड्दै आएका सचिनलाई पछिल्लो तीव्र ज्वरो, सास फेर्न गाह्रो हुने समस्याका कारण गत हप्ता अस्पताल भर्ना लगिएको थियो । अस्पतालमा भर्ना गर्दा उनको अवस्था गम्भीर थियो ।

चिकित्सकका अनुसार सचिनलाई अस्पतालमा भर्ना गर्दा ‘सेप्टिक सक’मा थिए । सेप्टिक सकको अवस्था भनेको शरीरमा संक्रमण तीव्र गतिले फैलिरहँदा शरीरका अंगलाई चाहिने रगत, अक्सिजन र पोषक तत्वलगायतका तत्वको कमी भई अवस्था गम्भीर हुनु हो ।

साथै, उनलाई डाइबेटिज इन्सिपिडसको पनि समस्या थियो । चिकित्सकका अनुसार डाइबिटिज इन्सिपिडसको समस्या निकै दुर्लभ हुन्छ । यो समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ ।

सचिनको ६ महिनाअघि नै त्रिवि शिक्षण अस्पतालमा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । साथै, सचिनको समस्या बढ्दै गएर कम्मरमुनिको भाग समेत नचल्ने अवस्था आइसकेको थियो । उनलाई निमोनिया, छातीमा संक्रमण, मिर्गौलामा चोटपटक भएको थियो । जसकारण शरीरमा संक्रमण तीव्र फैलिंदा शरीरबाट रगत अत्यधिक बगिरहेको थियो ।

उपचारको क्रममा पीआईसीयू हुँदै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । मुख र नाकबाट रगत बगेको थियो । भर्ना भएको पाँचौं दिनमा उनको फोक्सोबाट अचानक रक्तस्राव भएको अस्पतालले जनाएको छ ।

सचिनको शरीरका सबैजसो अंगले क्रमश: काम गर्न छोडेका थिए । शरीरमा अक्सिजन पनि कम हुँदै जँदा अचानक हृदयघात भएपछि उनको मृत्यु भयो । चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -