काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्र सिंह ऐरी शारदा ग्रुपको ओमोडा एन्ड जेइकोको ब्राण्ड एम्बेसडर बनेका छन् ।
शारदा ग्रुपका अध्यक्ष शिव रतन शारदा र दीपेन्द्रले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता ३ वर्षको लागि रहेको बताइएको छ । सम्झौता रकम भने खुलाइएको छैन ।
नेपाली क्रिकेटको इतिहासमा कार पुरस्कार पाउने उनी पहिलो खेलाडी समेत बनेका छन् । ब्रान्ड एम्बेसडरको रुपमा दीपेन्द्रको यो पाँचौँ सहकार्य हो । यसअघि उनी ब्रान्ड एम्बेसडरको रूपमा अर्ना, ग्रेस, ई–सेवा र एक्स–एजसँग पनि जोडिएका छन् ।