२०८२ बैशाख ५ गते, शुक्रबार १९:०२

१२ पुस, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको बताएका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भनेर व्याख्या गर्नु गलत भएको जिकिर गरे ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना होइन । प्रधानमन्त्रीको चीन भ्रमणमा भएको बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा कुन–कुन आयोजना गरेका छन्,’ उनले भने, ‘सबैलाई थाहा भएको छ । सम्झौता हुँदा उल्लेख भएका १० आयोजनाहरू बीआरआई परियोजनाभित्रका हुन । रेल्व, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरू छन् ।’

उनले बीआरआईको विषयमा कुरा गर्दा भारतसँग छलफल गर्न नपर्ने पनि उल्लेख गरे ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्