Thursday, January 2, 2025
घरक्राइम चेकवीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न आजपाले बिरोध प्रदर्शन गर्दै

वीरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न आजपाले बिरोध प्रदर्शन गर्दै

वीरगंज/आम जनता पार्टी (आजपा)ले बिरगंजलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारसंग माग गरेको छ । बिरगंजलाई देशको आर्थिक राजधानी घोषणाका लागि आजपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

आजपाले वीरगंजलाई देशको आर्थिक राजधानी घोषणाका लागि २७ पुसमा बिरगंजमा प्रदर्शन एवं बिशालसभा गर्ने निर्णय गरेको छ । आजपा पर्सा जिल्ला कमिटीको पदाधिकारी बैठकले बिरगंजमा प्रदर्शनका साथै सभा गर्ने निर्णय गरेको हो ।

आजपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साहको विशेष सहभागितामा बसेको पदाधिकारी बैठकले वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउँनका लागि दबाब मुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

‘वीरगंज मुलुकको आर्थिक राजधानी हो । यहाँ सबैभन्दा बढी राजस्व उठछ । उधोग, व्यापार, यही बारा, पर्सा क्षेत्रमा रहेको छ । तर सरकारले आर्थिक राजधानी घोषणा गर्न चाहेको छैन्,’ आजपा वरिष्ठ उपाध्यक्ष साहले भने, ‘हामीले बिरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गरेर सोही अनुसार सरकारले यहाँ लगानी गर्नुपर्ने जोडदार माग गर्दछौं । बिकास निर्माणदेखी यहाँका हरेक क्षेत्रको बिकासमा राज्यले लगानी गर्नुपर्छ । यहाँको औधोगिक क्षेत्र घोषणा गरी सोही अनुसार सरकारले यहाँ लगानी गर्नुपर्छ ।’

सरकारले मनोमानी कर आतंक मचाउँदा यहाँको उधोग, व्यापार धरासायी बन्दै गईरहेको बताउदै उनले मनोमानी कर आतंक बन्द गर्नुपर्ने, उधाोगी व्यापारीलाई विशेष सेवा र सुविधा दिनुपर्ने, यस क्षेत्रका बिभिन्न समस्या समाधान गर्नुपर्ने लगायतका माग उनले गरेका छन् ।

यसअघि आजपाले २० पुसमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर बिशेष करणले २० पुसमा गर्ने कार्यक्रम २७ पुसमा गर्न लागिएको आजपाले जनाएको छ । यस्तै आजपाको दोश्रो स्थापना दिवसको अवसरमा दलाल दलतन्त्रको बिरुद्ध तेश्रो जनआन्दोलनको संकल्प सहित पौष १४ गते भव्यताका साथ दिपप्रज्वलन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

हालै आजपाको जिल्ला कमिटी पुनर्गठन गरिएको छ । विश्वराज पटेलको अध्यक्षतामा पुनर्गठन गरिएको कमिटीको उपाध्यक्षमा वशिष्ट कुशवाहा, राजकुमार साह, ईद्रिस हुसैन, सन्ध्या पासवान सचिवमा अम्बिका चौहान, सहसचिवमा ईस्तखार महम्द, शिवनाथ रौनियार र कोषाध्यक्षमा चनरमा देवी रहेका छन् ।

८५ सदस्यीय जिल्ला कमिटीको सदस्यहरुमा रुपेश महतो, प्रमेश्वर साह, मुकेश पटेल, ओमप्रकाश कुशवाहा, प्रेमबहादुर गुरुङ, जितेन्द्र गिरी, रिना देवी, कोशिला देवी, आसमहम्मद, बाबदल चौधरी, जलसन खातुन, शोसिला यादव, फुलमती देवी, शोभा देवी, बिनोद साह, विवेकानन्द साह, अशोक जयसवाल, सरोज पण्डित, प्रदिप गुप्ता, श्रीकान्त यादव, बसन्त बुढाथोकी, राजेश राम, राजु साह, बिनोद साह लगायतका रहेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -