Monday, December 16, 2024
घरसमाचारसीआईडी, मुनवाकसहित यो साता के हेर्ने ओटीटीमा ?

सीआईडी, मुनवाकसहित यो साता के हेर्ने ओटीटीमा ?

काठमाडौं । यस साता हामीले विकेन्ड योजना बनाइरहेका छौं भने यो सूचना महत्वपूर्ण हुनसक्छ । यदि तपाईं परिवार र साथीसँग घुम्ने योजना बनाउनुभएको छ भने कुरा बेग्लै भयो । साथीहरूसँग घरमै क्वालिटी टाइम बिताउने योजना बनाउनुभएको छ भने यस साता ओटीटीमा केही राम्रा फिल्म र श्रृंखला आउँदैछन् ।

यो साता आउने ८ नयाँ फिल्म र सिरिजले तपाईंलाई आकर्षित गर्नेछ । जसमा ड्रामा, थ्रिलर, एक्सन र डकुमेन्ट्री पनि पर्छन् । एकातिर अस्कर विजेता गुनीत मोंगाको प्रोडक्सन हाउसको वृत्तचित्र ‘यो यो हनी सिंह’मा सनसनीपूर्ण र्‍यापरको जीवनको झलक देख्न पाइने भएको छ भने अर्कोतर्फ दुई चोरको अनौठो प्रेमकथामा ‘मुनवाक’ पनि देखिनेछ ।

बेजोड मलयालम फिल्म ‘पानी’ तथा दर्शकमाझ लोकप्रिय ‘सीआईडी’को दोस्रो सिजन यस साता स्क्रिनमा आउँदैछन् ।

यस्तो छ १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म ओटीटीमा रिलिज हुने फिल्म र सिरिजको सूची

मुनवाक (डिसेम्बर २०)

‘मुनवाक’ एउटा रमाइलो वेब सिरिज हो । जसले दुईजना चोर, तारिक पाण्डे र म्याडी कपुरको कथा भन्छ । दुवैको मुटुको धड्कन एउटै छ, चाँदनी लखानी । चाँदनीको मन जित्न दुवैले एकअर्कासँग प्रतिस्पर्धा गर्छन् । चाँदनीका लागि सबैभन्दा बहुमूल्य चीज ल्याउनेलाई प्रेमीले आफ्नो हृदय दिनेछ भन्ने रोचक परिस्थितिको कथा छ ।

कथामा ट्वीस्ट यो छ कि चन्द्रमाबाट ढुङ्गाको टुक्रा फुट्छ र पृथ्वीमा खस्छ । अब तारिक र म्याडीबीचको यो टुक्रा कसले जित्छ, त्यो सिरिज हेरेर मात्रै थाहा हुनेछ । यस सिरिजमा समीर कोचर, अंशुमान पुष्कर र निधि सिंह मुख्य भूमिकामा छन् । ‘मुनवाक’ डिसेम्बर २० मा ओटीटी प्लाटफर्म जियो सिनेमामा रिलिज हुनेछ ।

पानी (डिसेम्बर २०)

यस वर्षको अक्टोबरमा रिलिज भएको मलयालम फिल्म ‘पानी’ले निकै प्रशंसा बटुलेको छ । यो जोजु जर्ज निर्देशित एक एक्सन–थ्रिलर फिल्म हो । कथा एक विवाहित जोडीको बारेमा हो जसको जीवन दुई अपराधीका कारण उथलपुथलमा फसेको छ । फिल्ममा जोजु जर्जसहित सागर सूर्य, मर्लेट एन थोमस, बबी कुरियन, जुनेज वीपी लगायतका कलाकारको मुख्य भूमिका छ । ‘पानी’ डिसेम्बर २० मा ओटीटी प्लाटफर्म सोनी लाइभमा रिलिज हुनेछ ।

सीआडी सिजन २ (डिसेम्बर २१)

सीआईडी भारतीय टिभीमा सबैभन्दा रुचाइने र लामो समयसम्म चलेको कार्यक्रममध्ये एक हो । यसको पहिलो सिजन सन् १९९८ मा सुरु भएको थियो । १ हजार ५४७ एपिसोड प्रसारण भएर सन् २०१८ मा यो शो बन्द भएको थियो । अहिले सिजन २ को तयारी भइरहेको छ । एसीपी प्रद्युम्नको रूपमा शिवाजी साटम आफ्नो टिमसँग फर्किएका छन् । इन्स्पेक्टर अभिजीत (आदित्य श्रीवास्तव) र दया (दयानन्द शेट्टी)को रूपमा फर्किएका छन् । सीआईडी सिजन २ डिसेम्बर २१ देखि हरेक शनिबार र आइतबार राति १० बजे सोनी टिभी र सोनी लाइभ एपमा आउनेछ ।

यो यो हनी सिंह : फेमस (डिसेम्बर २०)

‘द एलिफेन्ट व्ह्स्पिर्स’का लागि अस्कर अवार्ड जितेका गुनीत मोंगा अब हिरदेश सिंह अर्थात् यो यो हनी सिंहको जीवनमा आधारित डकुमेन्ट्री लिएर आउँदैछन् । यो यो हनी सिंह भारतका चर्चित संगीत आइकन हुन् । यसमा कुनै शंका छैन कि हनी सिंहले र्‍याप संगीत र हिपहप संगीतलाई देशका युवामाझ लोकप्रिय बनाए । तर उनको स्टारडमले यस्तो समय पनि देख्यो जब उनी लामो समयसम्म सबैबाट टाढा भए ।

यो डकुमेन्ट्रीमा दर्शकले हनी सिंहको स्टार बन्ने सपना र उनको पतनको कथा देख्न पाउनेछन् । त्यहाँ केही आउन बाँकी कथा पनि हुनेछन् । स्टार हनी सिंहलाई सबैले चिन्ने यो डकुमेन्ट्रीले हिरदेश सिंहसँग परिचय गराउने निर्माता बताउँछन् । यो डकुमेन्ट्री फिल्म डिसेम्बर २० देखि ओटीटी प्लाटफर्म नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछ ।

र्ल्स विल बी गर्ल्स (डिसेम्बर १८)

‘गर्ल्स विल बी गर्ल्स’ एक भारतीय–फ्रान्सेली फिल्म हो जुन बोर्डिङ स्कुल र हिमालयका सुन्दर उपत्यकामा आधारित छ । यो १६ वर्षीया मीरा (प्रीति पाणिग्रही)को कथा हो । मीरा विद्रोही स्वभावकी छिन् । उमेर बढ्दै जाँदा उनलाई यौनिकताले उनलाई सताइरहन्छ । श्री (केशवविनय किरण) उनको जीवनमा प्रवेश गर्छन् । श्रीप्रति मीराको आकर्षण बढ्दै गएको छ । तर उनकी विधवा आमा अनिला (कनी कुसरुति)ले आफ्नी छोरीलाई नजिकबाट नियाल्छिन् । उनले मीरालाई उनको र श्रीको सम्बन्ध समाजका लागि नराम्रो छ र यो उनको आफ्नै निराशा मात्र हो भनेर बुझाउँछिन् । कथाले कुन मोड लिन्छ जान्नको लागि डिसेम्बर १८ मा यो फिल्म प्राइम भिडियोमा रिलिज हुनेछ ।

ट्वीस्टर (डिसेम्बर १८)

‘ट्वीस्टर’ सन् १९९६ को ब्लकबस्टर फिल्मको सिक्वेल हो । यो आँधीबेहरीलाई पछ्याउने केही वैज्ञानिक र युवाको हृदयस्पर्शी थ्रील कथा हो । अमेरिकाको टोर्नाडो कथामा बनेको यो फिल्मले एकैसाथ संघर्ष गरिरहेका धेरै व्यक्तिको जीवनलाई समेत चित्रण गर्छ । यसले हामीलाई प्रकृतिको सबैभन्दा विनाशकारी शक्तिको सामना गर्नु कति चुनौतीपूर्ण छ भनेर देखाउँछ । अस्कर मनोनीत ली आइज्याक चुङले निर्देशन गरेका हुन् । फिल्ममा डेजी एडगर-जोन्स, ग्लेन पावेल, एन्थोनी रामोस र किर्नन शिप्काले अभिनय गरेका छन् । ‘ट्वीस्टर’ डिसेम्बर १८ मा ओटीटी प्लेटफर्म जियो सिनेमामा रिलिज हुनेछ ।

भर्जिन रिभर सिजन ६ (डिसेम्बर १९)

यसपटक चर्चित वेब सिरिज ‘भर्जिन रिभर’ को छैटौं सिजनले दर्शकलाई उत्तरी क्यालिफोर्नियाको यात्रामा लैजान लागेको छ ।

मेल मोनरो (अलेक्जेन्ड्रा ब्रेकेनरिज) र ज्याक शेरिडेन (मार्टिन हेन्डरसन) अन्ततः विवाह गर्दैछन् । तयारी अगाडि बढ्दै जाँदा मेल मोनरोले आफ्नो जैविक बुबा, एभरेट रिड (जोन एलन नेल्सन)को बारेमा एक चकित पार्ने सत्य पत्ता लगाउँछन् । कथा सन् १९७० कोफ्ल्यास ब्याकमा जान्छ र परिवारको लुकेको विगतलाई बाहिर ल्याउँछ । यसैबीच, धर्मगुरु (कोलिन लरेन्स)ले पनि आफ्ना विगतका कुकर्मको सामना गर्नुपर्ने हुन्छ । यो श्रृंखला डिसेम्बर १९ मा ओटीटी प्लाटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

द सिक्स ट्रिपल एट (डिसेम्बर २०)

‘द सिक्स ट्रिपल एट’ ६८८८ औं सेन्ट्रल पोस्टर डायरेक्टरी बटालियनको कथा हो । यो बटालियन दोस्रो विश्वयुद्धमा विदेशमा तैनाथ अश्वेत र महिला सैनिकको एक मात्र कोर इकाई थियो । मेजर च्यारिटी एडम्स (केरी वाशिङ्टन) को नेतृत्वमा, ८५५ महिलाले नश्लवाद, लैङ्गिक भेदभाव र कठोर परिस्थितिको सामना गर्छन् । यस इकाईले युरोपभर अमेरिकी सेनाका लागि निर्धारित १७ मिलियन पत्र र प्याकेजको दुई वर्षको ब्याकलग सफा गर्छन् ।

मुसा लागेका गोदाम र बस्न उचित नभएको परिस्थितीको बाबजुद उक्त इकाईले ६ महिनाको मिसन मात्र ९० दिनमा पूरा गर्छ । दुई घण्टा सात मिनेटको यो फिल्ममा ओप्रा विन्फ्रे, सुसान सारान्डन र साम वाटरस्टनको पनि अभिनय छ । यो फिल्म डिसेम्बर २० मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -