दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भएर रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको बताइन्छ ।
चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गको धन्सारपुल नजिक सडक साइडको रूखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । उक्त दुर्घटनामा बालबालिकासहित ४ जना घाइते भएका छन् ।