२०८२ बैशाख ५ गते, शुक्रबार ०६:२०

१८ मंसिर, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडीहरु सम्मानित भएका छन् ।

नेपाल प्रोफेसनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले मंगलबाबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी विजेता र सहभागि खेलाडीलाई संयुक्त रुपमा सम्मान गरेको हो ।

उक्त सम्मान कार्यक्रममा ६१ केजी तौल समुहमा विजयी भएका अनिल कुमार पुन मगर, ५९ केजी तौल समुहमा सहभागी पुरन राई , ६३ केजी तौल समुहमा सहभागी महेन्द्र बहादुर चन्दसहित प्रशिक्षक प्रेम पाउजुलाई नगदसहित कदरपत्र प्रदान गरिएको थियो ।

सोहि अवसरमा वर्ल्ड बक्सिङ काउन्सिलबाट रिङ अफिसियल कोर्ष सम्पन्न गरी पहिलो प्रोफेशनल रेफ्रि जज बन्न सफल भएका राजन प्रजापतिलाई पनि सम्मान गरिएको थियो । प्रजापतिले बंगलादेशमा सम्पन्न उक्त जेन जी साउथ एसियन बक्सिङ च्यापियनसिपमा पनि रेफ्रिको भूमिका निभाएका थिए ।

बक्सिङका वरिष्ठ प्रशिक्षकहरु, खेलाडीहरु सहित करिब ४० जनाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सिल्क ट्रान्सपोर्टकका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले ब्यवसायिका बक्सिङ, खेलाडी र समग्र खेलकुदको विकासका निम्ति विभिन्न तवरले सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसनसंग सहकार्य गर्दै जाने बताए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्