२०८२ बैशाख ७ गते, आईतवार ००:५४




बर्दिया । बर्दियामा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका ११ गणेशपुरबाट  चार सय ४० ग्राम ब्राउन सुगर सहित उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं २ संगम बस्ती बस्ने ३५ वर्षीय विकास वि.क., गुलरिया नगरपालिका वडा नं ४ बेलौली बस्ने ३० वर्षका अनिल गोडिया पक्राउ परेका छन् । गणेशपुर स्थित पक्की सडकमा शङ्कास्पद तरिकाले हिँडिरहेको समयमा चेकजाँच गर्दा उनीहरूको साथबाट कालो प्लाष्टिकमा बेरेको अवस्थामा लागू औषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र  शाहीले बताउनु भयो । उहाँका अनुसार उनीहरूलाई अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्