Friday, January 10, 2025
घरसमाचारसिस्नेरी घटना : खेलाडीका आफन्तद्वारा एन्फामा धर्ना र तालाबन्दी

सिस्नेरी घटना : खेलाडीका आफन्तद्वारा एन्फामा धर्ना र तालाबन्दी

६ मंसिर, काठमाडौं । मकवानपुरको सिस्नेरी घटनामा ज्यान गुमाएका खेलाडीका आफन्तले अखिल नेपाल फुटबल फुटबल संघ (एन्फा)को मुख्यालयमा धर्ना दिएका छन् ।

सिस्नेरी घटनामा पिडित परिवारले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयको गेटमा तालाबन्दी गर्दै धर्ना दिएका हुन् ।

गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी स्कुलमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको निधन भएको थियो ।

एन्फाकै कमजोरीका कारण उक्त घटनामा आफ्ना बच्चाहरू गुमाएको भन्दै आफन्तहरुले वर्तमान नेतृत्वलाई आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।

उक्त घटनामा एकेडेमीमा रहेका किशोर खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको निधन भएको थियो ।

यस्तो घटना भइसक्दा पनि एन्फाले कुनै छानविन नगरेको र नेतृत्वले ज्यान गुमाउनेका आफन्तालाई अझै पीडा दिएको भन्दै दु:ख व्यक्त गरेका छन् । साथै आफन्तहरुले यस घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग राखेका छन् ।

यसअघि ज्यान गुमाउनेका आफन्तहरुले पत्रकार सम्मेलन नै गरेर यस विषयमा छानविन हुनुपर्ने माग राखेका थिए ।

तर कतैबाट केही सुनुवाई नभएपछि उनीहरुले बिहीबार एन्फा मुख्यालयमै ताला लगाएर धर्ना बसेका हुन् ।

तस्विरहरू: आर्यन धिमाल

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -