सल्यान । सल्यानमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका–२ झाप्रेपानीका अन्दाजी ६१ वर्षीय इन्द्र बहादुर चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार साँझ छोरीको घरबाट आफ्नो घर फर्किएका उनी घर नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा शुक्रबार दिउँसो घर देखि १ किलोमिटर टाढा इग्रेखोला भन्ने स्थानमा आफन्तले मृत फेला पारेका थिए ।
मृतक चलाउने बाटोबाट झन्डै ४० मिटर तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो ।