Saturday, January 11, 2025
घरक्राइम चेकबर्दी र पद नहेरी काम गर्न मुख्यसचिव अर्यालको निर्देशन

बर्दी र पद नहेरी काम गर्न मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं/ नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले वेइमानी गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएको चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडवार्डको समयमा कालाबजारी गर्ने जो कोहिलाई सरकारले नछोड्ने बताएका हुन् ।

उनले सो कार्यक्रममा बोल्दै चाडबाडको बेलामा कालाबजारी गर्ने जो कोहिलाई कारर्वाहीको दायरामा ल्याउन ७७ वटै जिल्लाका सिडिओलाई कार्यक्रम मार्फत निर्देशनसमेत दिएका छन् ।

उनले कुनै पनी बहानामा मुल्यवृद्धी, यातायातमा अनावश्यक भाडा वृद्धी र खाद्य बस्तुमा मिसावट गर्ने जो कोहिलाई कारवाही गर्न नडाराउन पनि निर्देशन दिएका हुन् । अर्यालले जनतालाई सेवा दिने कुरामा बर्दी र पद नहेरी काम गर्न निर्देशन दिएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुने कालोबजारी रोक्नका लागि सबै सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले बर्दी र पद नहेरी काम गर्न उनले निर्देशन दिएका हुन् ।

उनले चाडपर्वको समयमा राजनीतिक झोला छाडेर जनताको झोला बोक्न पनि आग्रह गरेका छन् । ‘खास गरेर चाडपर्वको समयमा जिम्मेवार पदाधिकारीहरूले राजनीतिक झोला छाडिदिनुहोस् । पद र बर्दी पनि बिर्सिदिनुहोस्, उनी भन्छन्, सबै कुरा बिर्सिएर जनताको लागि काम गरौं, जनताको सेवामा लाग्न म अनुरोध गर्छु ।

उनले भने – ‘ नेपालमा कानुन नभएको होइन, कानुन छ त्यसैले अब हामी यो समयमा कसले कति काम गर्यो भन्ने कुरा हेर्छौ । सोहीअनुसार उहाँहरूको मूल्यांकन हुन्छ । निर्धक भएर जनताको सेवामा खटिनुपर्यो यस विषयमामा कुनै प्रेसर र कार्वाहीको कुरा भयो भने मलाई रिपोर्टीङ गर्नुहोला ।’

‘चाडवार्ड नजिकिदै छ । अब मानिसहरु आफ्नो गन्तव्यमा जान्छन् । सडकमा खाल्डा खुल्डी छन् । विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएको छैन । म यहिबाट भन्न चहान्छु । सम्बन्धित निकायले तुरुन्तै यस विषयलाई सहजिकरण गर्नु पर्यो ।’ –अर्यालले भने ।

कार्यक्रममा धारणा राख्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्य ।

कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरिक्षक किरण बज्राचार्यले हरेक ठाउँको गतिविधि निरिक्षण र अनुगमनका लागि सादा पोसाकका प्रहरी परिचालन गर्न थालेको बताएका छन् ।

नजिकिदै गरेको चाडवार्डमा विभिन्न किसिमका लुटपाट, ठगी जस्ता कृयाकलाप हुने गरेको र त्यसलाई अनुगमन गर्न प्रहरी परिचालन गरिएको बताएका छन् ।

उनले भने – ‘चाडवाडको बेलामा जुवा तास खेल्ने, मादक पदार्थ सेवन, लागु औषध दुर्व्यसन, यातायातमा महिलालाई यौन जन्य हिंसा जस्ता कृयाकलाप हुने हुँदा हामि त्यसको निगरानी गर्छौं ।’

भन्सार छली, राजश्व छलीलगायतका विषयमा पनि प्रहरीले सुक्ष्म तरिकाले अनुगमन गरिरहेको बज्राचार्यले बताए ।

गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौंः महानिर्देशक जोसी

नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देक कुमारी ज्योती जोसी (भट्ट)ले कुनै पनि बस्तु गुणस्तर नभएको लागे ‘कम्पेलन’ गर्न सकिने बताएकी छिन् । ‘हामिले सबै क्षेत्रमा गुणस्तरीय उत्पादनलाई जोड दिन्छौं । विभागले दिने गुणस्तर चिन्हलाई हेरेर हामि अनुगमन गछौं । डोटीदेखि झापासम्म हाम्रो कार्यालय छ । जुनसुकै बेला तपाइहरुले ‘कम्पेलन’ गर्न सक्नु हुन्छ ।’ उनले भनिन् ।

कार्यक्रममा धारणा राख्दै वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले चाडवार्डमा मात्र नभएर १२ महिना अनुगमन गरिरहेको बताएका छन् ।

विभागको कार्ययोजनामा आधारित भएर आफुहरुले अनुगमन गर्ने पनि उनले बताए ।

खराव, गुणस्तरहिन बस्तु उत्पादन गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने उनले बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -