काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ को दोस्रो शृङ्खलामा पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्ने भएको छ ।
शृङ्खलामा नेपाल, क्यानडा र ओमान छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार यो खेल सेप्टेम्बर १६ मा हुनेछ । यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानडा र २४ मा ओमानको सामना गर्नेछ ।
नेपालले पहिलो शृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो । उक्त शृङ्खलामा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।