महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष मुकेश यादव मृत अवस्थामा आइतबार बिहान भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यादवलाई जलेश्वर बर्दिबास सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका-८ स्थित औरही कल्भर्ट नजिक मृत अवस्थामा भेटिएको हो ।
उहाँ सवार मोटरसाइकल सडकछेउ र यादव सडकभन्दा तल मृत अवस्थामा भेटिएको हो । उहाँ नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवालले जानकारी दिनुभयो ।