९ भदौ, काठमाडौं । विगत तीन महिनामा समग्र सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । तीन महिनाको अवधिमा समग्र बजारको परिसूचक नेप्से ४७.३ प्रतिशत मात्रै बढ्यो । तर यहीं अवधिमा बैंकिङ समूहको सूचक भने ६२.८ प्रतिशत बढ्यो ।
जेठ ३ गते २०१८ मा रहेको नेप्से परिसूचक गत बिहीबार बजार बन्द हुँदा १९७४ अंकमा छ । बैंकिङ समूह सूचक जेठ ३ गते १०५१ अंकमा रहेकोमा हाल १७१२ अंकमा छ ।
बजारमा यो समूहमा तुलनात्मक रुपमा महँगाभन्दा सस्ता बैंकको मूल्य वृद्धिदर उच्च देखिन्छ । हाल बैंकिङ समूहमा सबैभन्दा महँगो बैंक एभरेस्ट बैंक हो । जसको मूल्य बिहीबार बजार बन्द हुँदा ७६६ रुपैयाँ छ भने एभरेस्टलाई स्टान्डर्ड चार्टर्डले न्यून मूल्यान्तरले पछ्याइरहेको छ ।
स्टान्डर्डको मूल्य ७६४ रुपैयाँ छ । कहिले एभरेस्ट त कहिले स्टान्डर्ड चार्टर्ड बैंक बजारमा यो समूहका मूल्यवान कम्पनी बन्दै आएका छन् । महँगा यीभन्दा बजारमा सस्ता बैंकको मूल्यवृद्धिदर उच्च देखिएको छ।
विगत ३ महिनामा प्रभु बैंकको मूल्य सबैभन्दा धेरै बढेको छ । यो बैंककाे मूल्य तीन महिनामै दोब्बर भएको छ । जेठ ३ गते यस बैंकको मूल्य प्रतिकित्ता १३९ रुपैयाँ रहेकोमा हाल २७९ रुपैयाँ पुगेको छ । यसको अर्थ तीन महिनाअघि प्रभु बैंकमा लगानी गर्नेको सेयर मूल्य अहिले १०० प्रतिशत बढेको छ ।
प्रभुपछि कुमारी, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, नेपाल एसबीआई, सिटिजन्स, हिमालयन, कृषि विकास र सिद्धार्थ बैंक मूल्य धेरै बढ्नेमा टप १० भित्र पर्छन् । यी सबैको मूल्य तीन महिनामा समूहको औसत वृद्धि (६२.८ प्रतिशतभन्दा) धेरै बढेको छ ।
तीन महिनामा सबैभन्दा धेरै मूल्य बढेका १० वाणिज्य बैंक
बैंक | जेठ ३ को मूल्य | भदौ ६ को मूल्य | वृद्धिदर |
प्रभु बैंक | १३९ | २७९ | १००.७ |
कुमारी बैंक | १३७ | २५६.९ | ८७.५ |
लक्ष्मी सनराइज | १५७ | २८३.५ | ८०.५ |
नेपाल इन्भेस्टमेन्ट मेगा | १५७ | २७८ | ७७.० |
माछापुच्छ्रे | १६२ | २८६.२ | ७६.६ |
एसबीआई | २७९ | ४८७ | ७४.५ |
सिटिजन्स | १५८ | २७५ | ७४.० |
हिमालयन | १७५ | ३०० | ७१.४ |
कृषि विकास | २४१ | ४११ | ७०.५ |
सिद्धार्थ | २२७.५ | ३७४ | ६४.३ |