२०८२ बैशाख ५ गते, शुक्रबार १४:५९




कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका ९५ चीनी मिलस्थित सडकमा सु.प.प्र.०१-००९ प ३७७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ९६ सिंहपुर बस्ने ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको हो ।

आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनु भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते हुनु भएका मोटरसाइकलमा सवार २ जनाको निमेश अस्पताल गुलरीया कञ्चनपुरमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्